|
नाइजेरियाका लागि दुई गोल गरेका मुसा

काठमाडौं : विश्वकप २०१८ समूह डी को शुक्रबारको खेलमा नाइजेरियाले आइसल्यान्डलाई पराजित गरेको छ। नाइजेरियाका अहमेद मुसा चम्किँदा विश्वकपमा पहिलोपटक सहभागिता जनाएको आइसल्यान्ड २-० ले पराजित भयो।

आइसल्यान्डले विश्वकप डेब्यू खेलमा नै अर्जेन्टिनासँग बराबरी खेलेर चहल्का मच्चाएको थियो। तर, आज भने नाइजेरियासँग उसको जादू देखिएन। खासगरी डिफेन्समा ध्यान दिने आइसल्यान्डले नाइजेरियाका मुसालाई रोक्न सकेन। 

नाइजेरियाका लागि अहमेद मुसाले ४९ र ७५औँ मिनेटमा गोल गरेका थिए। उनी खेलका म्यान अफ द म्याच समेत बनेका छन्। यता आइसल्यान्डले भने पेनाल्टीलाई पनि गोलमा परिणत गर्न सकेन। 

नाइजेरियाको जीतसँगै अर्जेन्टिनाको विश्वकप नकआउट चरणको आशा जीवित रहेको छ। एक बराबरी र एक खेलमा पराजित भएको अर्जेन्टिनाका लागि आजको खेलमा नाइजेरियाले आइसल्यान्डलाई पराजित गर्नैपर्ने हुन्थ्यो। जुन उसको पनि पक्षमा नतीजा आएको छ। 

अब अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्दै क्वाटर फाइनलको यात्रा तय गर्नुपर्ने हुन्छ। उक्त खेलमा नाइजेरिया विजयी भयो भने अर्जेन्टिना समूह चरणबाटै घर फर्किनुपर्ने हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.