सामुदायिक वनलाई ‘इको-टुरिजम पार्क’ बनाउनुपर्छ : मन्त्री लामा

|

चितवन : प्रदेश-३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले हरेक सामुदायिक वनमा इको­टुरिजम पार्कको निर्माण गर्नुपर्ने बताएका छन्। स्व मदन भण्डारीको ६७औँ जन्मजयन्तीको अवसरमा बिहीबार फाउन्डेसन चितवनद्वारा कालिका नगरपालिकास्थित पदमपुरको थाङखोला सामुदायिक वनमा आयोजित फलफूलका विरुवा रोप्ने कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले यसका लागि कार्यक्रम अघि बढाएको उल्लेख गरे।

शुरुमा चितवनका चारवटा सामुदायिक वनबाट पार्क निर्माण सुरु गर्ने योजना रहेकाले त्यसका लागि वन र पर्यटन मन्त्रालयमा प्रस्ताव गर्न लागिएको समेत उनले जानकारी दिए।

मन्त्री लामाले सामुदायिक वन संरक्षणसँगै यसलाई उत्पादनमूलक काममा समेत उपयोग गर्नुपर्नेमा जोड दिए।  कानुनले नै वनमा फलफूलका विरुवा रोप्न नदिएको प्रसंग जोड्दै उनले अहिले प्रदेश सरकारले फलफूलका विरुवा रोप्ने अभियान थालेको समेत बताए।

पुरानो सोचले मुलुक प्रगतिमा जान नसक्ने उनको तर्क थियो। ‘अब हरेक वनमा पार्क निर्माण गरेर पर्यटन भित्र्याउनु जरुरी छ, मन्त्री लामाले भने, तब मात्र हामीले सोचेको समृद्धि पूरा हुन्छ।’ फरक प्रसंगमा बोल्दै मन्त्री लामाले कृषि क्षेत्रमा आधुनिकीकरण र यन्त्रीकरण गरी विदेशिएका युवाहरूलाई स्वदेश फर्काउनुपर्नेमा जोड दिए।

मुलुक बनाउन सबैले अभिभावकत्व ग्रहण गर्नु जरुरी रहेको उनको भनाइ थियो। उनले प्रदेश सरकारले अब विभिन्न जिल्लामा विषादी परीक्षण गर्ने मेसिन ल्याउन लागेको समेत जानकारी दिए।

विभिन्न ठाउँबाट मेसिन नल्याउन भन्दै दबाब आइरहेको भन्दै आफूले जसरी पनि मेसिन ल्याएर तरकारीको परीक्षण गराएरै छाड्ने दाबीसमेत उनको छ। अर्गानिक मल प्रयोग गरी अर्गानिक उत्पादन गर्नुपर्ने आजको आवश्यकता रहेको उनले औंल्याए।

मदन भण्डारी फाउण्डेसन नेपाल चितवनका अध्यक्ष डा तीलचन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेन नम्बर ३ का सांसद घनश्याम दाहालले सामुदायिक वनलाई उत्पादनमूलक  काममा सदुपयोग गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा फाउण्डेसनका संस्थापक अध्यक्ष जेएन थपलिया, सल्लाहकार देवी ज्ञवाली, थाङखोला वनका अध्यक्ष जयलाल कँडेललगायतले वन संरक्षणसँगै आयआर्जनमा समेत सामुदायिक वनलाई प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए । सो क्रममा आज २०० भन्दा बढी कागति र एभोकाडोका विरुवा रोपिएको छ। सो क्षेत्रमा फलफूलको बगैँचा बनाइने फाउण्डेसनले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.