|

फिफाको अनुशासन कमीटीले डेनमार्कलाई कारबाही गरेको छ। रंगशालामा हुने प्रत्येक गतिविधिको रेखदेख फिफाको अनुशासन कमिटीले गर्ने गरेको छ। कुनै एक राष्ट्रका समर्थकले विवादास्पद कार्य गर्छन भने तत्कालै फिफाले सम्वन्धी संघलाई जानकारी दिने गर्छ।

फिफाल विशेष गरेर समर्थकको कार्य गम्भिर भएमा फिफाले फुटबल संघलाईनै  कारवाही गर्ने गरेको छ। रसिया विश्वकपमा अहिले डेनमार्कले यस्ते सामना गरेको छ। समूह चरणमा अस्ट्रेलियालाई १–१ को बराबरीमा रोकेपछि डेनमार्कका समर्थकले प्याराफिटमा आपती जनक शब्दसहित ब्यानर प्रस्तुत गरेका थिए।

डेनिस भाषामा उनीहरुले राखेको ब्यानर ‘रसियन महिला’ प्रति थियो । रसियन महिलाप्रति इगित हुँदै डेनिस समर्थकले ‘हाम्रा केटाहरु खाली छन’ भनी ब्यानर राखेका थिए। फिफाले अनुसन्धान क्रमम डेनिस समर्थकले आयोजक राष्ट्रका महिलालाई गलत नजर हेरेको आरोप लगाएका छन्। फिफाले समर्थकहरुलाई नियन्त्रणमा राख्न नसकेको भन्दै डेनमार्क फुटबल संघलाई २० हजार ४ सय डलर जरिवाना गरिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.