|

विश्वकप समूहचरणका अन्तिम खेलहरु आजबाट सुरु हुँदै छन्। समूह ‘एच’ अन्तर्गत हुने पहिलो खेलमा अफ्रिकन टिम सेनेगलले दक्षिण अमेरिकन दाबेदार कोलम्बीयासँग खेल्दै छ। त्यस्तै जापानले पोल्यान्ड विरुद्ध प्रतिष्पर्धा गर्दै छ।

जारी विश्वकपमा सेनेगलले अफ्रिकन टिमहरु मध्येमा निकै उत्कृष्ट प्रदर्शन गरेको छ। प्रतियोगिताको पहिलो खेलमा पोल्यान्डलाई हराएर सनसनि मच्चाएको सेनेगल दोस्रो खेलमा जापानसँग बराबरीमा रोकियो। अपराजित रहेको सेनगलका लागि बराबरी पर्याप्त हुने खेलमा बलियो प्रतिद्धन्दि कोलम्बिया रहेको छ।

कोलम्बीया पहिलो खेलमा जापानसँग पराजित भएको तथा दोस्रो खेलमा पोल्यान्ड विरुद्ध जित निकालेकोले सेनेगल विरुद्धको स्पष्ट जितले उसका लागि नकआउट चरण सुरक्षीत हुने छ। बराबरीले कोलम्बीयाको सम्भावना जापान र पोल्यान्ड विचको खेलले निर्धारण गर्ने छ। जहाँ पोल्यान्डले जापानलाई फराकिलो अन्तरले पराजित गर्दिनु पर्ने छ । तर हारले भने विश्वकप फुटबलमा कोलम्बीयाको यात्रा अन्त हुने छ।

दक्षिण अफ्रिकन साइडले विश्वकप फुटबलमा कोलम्बीयालाई पराजित गर्न सकेका छै्रनन्। दुई पटक कोलम्बीया विरुद्ध अफ्रिकन टिम भिडेपनि दुबै पटक असफल भएका छन्। त्यसैले यो पटक सेनेगलले उक्त खराव रेकर्डलाई तोड्ने विश्वास लिन सकिन्छ । १९९८ मा ट्युनिसियालाई हराएको कोलम्बीयाले ४ वर्षअघि आइभरीकोस्टलाई पराजित गरेको थियो। तर २०१४ मा भएको मेत्रिपुर्ण खेलमा सेनेगलले २–० ले पछि रहेको अवस्थामा सनसनिपुर्ण ‘कमब्याक’ गर्दे खेल बराबरीमा ल्याएको थियो।

जापानको लक्ष्य

जारी विश्वकपमा कुनैपनि एसियन टिमले दोस्रो चरणमा स्थान बनाउन सकेका छैनन्। यस्तोमा जापानसँग सर्वाधिक ठूलो अपेक्षा छ। जापान तुलनात्मक रूपमा कोलम्बीया र सेनेगल भन्दा सेफ जोनमा छ। जापान पोल्यान्ड विरुद्ध पराजित नभएमात्रैपनि विश्वकपको नकआउटमा स्थान बनाउने छ। त्यसोत झिनो अन्तरको हारपनि जापानका लागि पर्याप्त हुन सक्छ।

तर सेनेगलले कोलम्बीयालाई पराजित गरेमा फराकिलो हारलेपनि जापानालाई अघिल्लो चरण पुर्याउने छ। त्यसोत जापानको पोल्यानड विश्वकपमा पहिलो पटक प्रतिष्पर्धा गर्दे छन्। तर अन्य प्रतियोगितामा यसअघि पोल्यान्डसँग दुई पटक भिडेको जापान दुबै पटक पराजित भएकाले चुनौती भने हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.