|

विश्वकप फुटबलको समूह चरणमा सर्वाधिक रवाफिलो प्रदर्शन गरेका दुई युरोपियन टिम बेल्जियम र इंग्ल्यान्ड आज एक अर्काविरुद्ध समूह चरणको अन्तिम खेल खेल्दै छन्। समूह चरणका आफ्ना दुवै खेलमा दुवै टिमले फराकिलो गोल अन्तर निकाल्दै प्रि–क्वाटरफाइनलमा स्थान बनाएकाले यी दुईबीचको लडाइँ समूह विजेताका लागि हुने छ।

सन् २०१६ यता २१ खेलमा अपराजित बेल्जियम र पछिल्ला १२ खेलसम्म अपराजित रहेको इंग्ल्यान्ड दुवै दाबेदार मानिएका छन्। इंग्ल्यान्ड र बेल्जियमबीच एक अर्काविरुद्ध २१औँ पटक प्रतिष्पर्धा भएको छ तर ठूला र औपचारीक प्रतियोगितामा जम्मा तीनपटक भिडेका छन्। विश्वकपमा दुई पटक र युरोकपमा एक पटक भिडेका छन्। जसमा इंग्ल्यान्डले सन् १९९० को विश्वकपमा १–० ले जीत निकाल्दा अन्य दुई खेलमा बराबरी खेलेका छन्।

तर अधिकांस मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डसँग बेल्जियम प्राय पराजित हुँदै आएको छ। कुल प्रतियोगिताम २१ पटक एकअर्काविरुद्ध भिड्दा बेल्जियम दुर्इपटक मात्र जीत निकल्न सफल भएको छ भने इंग्ल्यान्डले १५ पटक जितेको छ। जसमा चार खेलमा बराबरी भएको छ।

पहिलो जीतको खोजीमा पानामा

विश्वकपमा पहिलो पटक सहभागिता जनाएको पानामाले विश्वकपमा कुने खास छाप छोड्न सकेन्।  निरन्तर फराकिलो हारपछि पानामा पहिलो जीत निकाल्ने प्रयासमा हुनेछ।

विश्वकप यात्रालाई सुखद् अन्त गर्न ट्युनिसियालाई हराउनका लागि मैदानमा उत्रने छ। ट्युनिसिया पनि बेल्जियम र इंग्ल्यान्डसँग फराकिले अन्तरले पराजित भएकाले यी दुईबीचको प्रतिष्ठाको लडाइँ रोमाञ्चक हुने आँकलन गर्न सकिन्छ।

ट्युनिसिया पनि विश्वकप यात्रालाई जीतबाट अन्त गर्न लागेको र पानामा पनि पहिलो सहभागितामा भएका खराव खेललाई बिर्सन मैदान उत्रने पक्का छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.