|

जारी विश्वकपको समूह चरण खेलमा एडिडासको कालो र सेतो रंगको बलहरू प्रयोग गरे पनि नकआउट चरणबाट भने अब रातो बल प्रयोग गर्ने भएको छ। प्री-क्वार्टरफाइनलमा फुटबल समर्थकहरूले मैदानमा खेलाडीहरूले नयाँ बल दौडाएको हेर्न पाउनेछन्।

फिफाले नकआउट चरणदेखि सेतो र रातो रंगको बल प्रयोग हुने औपचारिक जानकारी गराएपछि आजबाट नयाँ बलको प्रयोग हुनेछ। फिफा विश्वकपको पार्टनर एडिडासले रातो रङको बलको मजा खेलाडीहरूले लिने दाबी गरेको छ। 

एडिडासले रातो र सेता रंग रसियाको संस्कृति तथा विश्वमा भातृत्वका लागि भएको जनाएको छ। रसियामा हरेक ठूलठूला काम गर्दा रातो रंग नै प्रयोग हुन्छ । यसकारण विश्वकपको नकआउट चरणमा रातो रंगको बल प्रयोग गर्न लागेको एडिडासले जनाएको छ।

सेतो रंगले फुटबल खेलबाट संसारमा शान्ति छाउने सन्देश दिन प्रयोग भएको जनाएको छ। नकआउट चरणमा प्रयोग हुने बलको नाम टेलस्टार मेचता हो। समूह चरणमा प्रयोग भएको बलको नाम टेलस्टार १८ राखिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.