|

विश्वकप फुटबलअन्तर्गत नकआउट चरणअन्तर्गत आज राति हुने खेलमा दुई चिरपरिचित स्टारहरू लुइस स्वारेज र क्रिश्टियानो रोनाल्डो एक अापसमा प्रतिस्‍पर्धा गर्दै छन्। उरुग्वेका तर्फबाट स्वारेज र पोर्चुगलका तर्फबाट रोनाल्डो मैदानमा उत्रँदा अधिकासंको नजर यिनै दुई खेलाडीमा केन्द्रित हुनेछ। दुवैको लक्ष्य क्वाटरफाइनल हुँदा खेल रोमाञ्चक हुने छ।

टिमको राम्रो प्रदर्शनमा समूह ‘ए’ को विजेता बनेको उरुग्वे तथा रोनाल्डोको उच्च फर्ममा समूह ‘बि’ को उपविजेता बनेको पोर्चुगल दुवैको प्रतिष्ठको विषयसमेत भएकाले जित निकाल्ने चुनौती रहेको छ।

रोनाल्डाले समूह चरणका सुरुवाती २ खेलमा ४ गोल गर्दे सनसनी मच्चाएका थिए । अझ स्पेनविरुद्धको ह्याट्रिकले उनी उच्च फर्ममा रहेको प्रस्टै छ। ३ खेलमा १ मा जित र २ खेलमा बराबरी गर्दै नकआउट पुगेको युरो च्याम्पियन पोर्चुगलका लागि विश्वकपमा पनि सोही लयलाई निरन्तरता दिनु आजको चुनौती हो।

उरुग्वे अहिले निकै बलियो देखिएको छ। पछिल्ला ६ खेलमा निरन्तर जित निकालेको उरुग्वेले आफ्नो पोस्टमा एक गोल पनि खाएको छैन्। तर, विपक्षीका पोस्टमा ११ गोल गरेकाले स्वभाविक रुपमा आत्माविश्वासी बनेको छ। यी दुईबीच १९६६ को विश्वकप अघिको मैत्रिपुर्ण खेलमा एक अर्काविरुद्ध प्रतिस्‍पर्धा भएको थियो। जसमा पोर्चुगल विजयी बन्यो पछिल्लोपटक १९७२ मा भएको अर्को मैत्रिपुर्ण खेलमा १-१ गोलको बराबरी भएको थियो।

अब उनीहरू विशुद्ध दुबै नौलो प्रतिद्वन्द्वीका रूपमा रहनेछन्। एक-अर्काविरुद्ध प्रतिस्‍पर्धा नगरेको पनि ४६ वर्ष भएकाले दुवैका लागि विश्वकपमा स्थान बनाई राख्न पनि जित अपरिहार्य हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.