स्वास्थ्य अवस्था नाजुक

|

जुम्ला : डा. गोविन्द केसीको अनशनको आज पाँचौँ दिन पूरा भएको छ। तेस्रो दिनसम्म बोल्ने चाल्ने अवस्थामा रहेका डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बन्दै गएको छ। न खाना न पानी केही पनि नखाएका डा. केसीलाई स्लाइन पानी पनि दिइएको छैन। अनशनको तेस्रो दिन पूरा भएपछि उपचारमा खटिएका डाक्टरहरुले अनशनस्थल असुरक्षित भनी राजीनामा दिएपछि स्वास्थ्य परीक्षण पनि भएको छैन।

डा. केसीलाई अस्पतालमा लगिए मात्रै उपचार गर्न सकिने डाक्टरहरूको भनाइ छ। डा. केसीले अस्पतालमै उपचार पाउनुपर्ने मानवअधिकारको रक्षा गरिदिन चिकित्सकहरूले सरकारसँग माग गरेका छन्।

डा. केसीको समर्थनमा विद्यार्थी पनि आन्दोलित

हिजो चिकित्सक संघ कर्णाली प्रदेश समितिले प्रदेशभरीका स्वास्थ्य संस्थामा आकस्मीक बाहेकका सेवा बन्द गरिसकेको छ। एचए र स्टाफनर्समा अध्ययनरत जुम्लाका विद्यार्थीहरूले पनि डा. केसीको समर्थनमा आज प्रदर्शन गरेका छन्। नागरिक समाज जुम्लाले आज पनि रचनात्मक विरोध गर्ने जनाएको छ भने हस्ताक्षर संकलन पनि गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.