|

जुम्ला : 'डा.. केसीका माग हाम्रा हुन', 'डा. केसीको अनशन हाम्रो हो' लगायतका नारा लगाउँदै जुम्लाका महिलाहरूले शुक्रबार प्रदर्शन गरेका छन्। सातौँ दिनको अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य लाभको कामना र उनको मागप्रति सरकारको ध्यानाकर्षण गराउनको लागि प्रदर्शन गरेको महिलाहरूले बताएका छन्।  

यस्तै बिहीबार साँझदेखि सुरु भएको दीप प्रज्वलन कार्यक्रमलाई निरन्तरता दिइएको छ। 'सेभ डा. जिकेसी' अर्थाथ ‘डा. गोविन्द केसीलाई बचाउँ’ दर्शाउने गरी दीप प्रज्वलन गरिएको छ। नागरिक समाज जुम्लाको अगुवाइमा दीप प्रज्वलन गरिएको हो।

अनशनको सातौँ दिन बितिसक्दा पनि सरकारले डा. केसीका मागप्रति बेवास्ता गरेको भन्दै दीप प्रज्वलन गरिएको जनाइएको छ। अनशन जारी रहुञ्जेल हरेक दिन साँझपख यसरी नै डा. केसीको पक्षमा प्रर्दशन गर्ने नागरिक समाज जुम्लाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.