|

विश्वकप क्वाटर फाइनलमा बेल्जियमले ब्राजिल विरुद्ध दुई गोलको अग्रता लिएको छ। बेल्जियमका केभिन ब्रुएनीले ३१औँ मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका हुन्। 

खेलको पहिलो गोल ब्राजिलका फर्नान्डिनोको आत्मघाती गोलबाट भएको थियो। 

बेल्जियमले पाएको कर्नर बचाउन खोज्दा फर्नान्डिनोले बललाई आफ्नै पोष्टमा पुर्‍याएका थिए। खेलको तेह्रौँ मिनेटमा बेल्जियमले अग्रता लिएको हो।

खेलमा फर्कन ब्राजिलले संघर्ष गरिरहेको छ। केही राम्रा अवसर सिर्जना गरेपनि उसले त्यसलाई गोलमा परिणत गर्न सकेको छैन। 

यो खेलको विजेताले सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.