|

विश्वकप २०१८ को क्वाटर फाइनलमा ब्राजिल र बेल्जियम प्रतिस्पर्धा गरिरहेका छन्। रुसमा जारी प्रतियोगिताको यो दोस्रो क्वाटर फाइनल खेल हो। 

पहिलो हाफमा बेल्जियमले ब्राजिल विरुद्ध दुई गोलको अग्रता लिएको छ। बेल्जियमका केभिन ब्रुएनीले ३१औँ मिनेटमा गोल गरेका छन् भने एक गोल उसलाई ब्राजिलका फर्नान्डिन्होले आत्मघाती उपहार दिएका हुन्। 

बेल्जियमले पाएको कर्नर बचाउन खोज्दा फर्नान्डिन्होले बललाई आफ्नै पोष्टमा पुर्‍याएका थिए। खेलको तेह्रौँ मिनेटमा बेल्जियमले ब्राजिलको आत्मघाती गोलबाट अग्रता लिएको हो।

पहिलो हाफमा निस्किएको यो नतिजाबाट ब्राजिल स्तब्ध बनेको छ। खेलमा फर्कन ब्राजिलले संघर्ष गरिरहेको छ। केही राम्रा अवसर सिर्जना गरेपनि उसले त्यसलाई गोलमा परिणत गर्न सकेको छैन। 

यो खेलको विजेताले सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। क्वाटर फाइनलको पहिलो खेलमा फ्रान्सले उरुग्वेलाई पराजित गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.