सेमिफाइनलमा बेल्जियमविरुद्ध फ्रान्स

|

विश्वकप क्वार्टर फाइनलमा पाँच पटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग पराजित भएको छ। ब्राजिललाई बेल्जियमले २-१ गोल अन्तरले पराजित गरेको हो। 

पाँच पटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग पराजित भएको छ। ब्राजिललाई पराजित गर्दै बेल्जियमले ३२ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेको छ।

बेल्जियमले भने ब्राजिललाई ५५ वर्षपछि पराजित गरेको हो। यसअघि ब्राजिल सन् १९६३ मा भएको मैत्रीपूर्ण खेलमा बेल्जियमसँग पराजित भएको थियो। त्यसयता भएका भेटमा सधैँ ब्राजिलले बाजी मार्दै आएको थियो।

ब्राजिलले २-१ अवस्थामा खेललाई ल्याएपनि जीत निकाल्न सकेन। ब्राजिलकालागि रेनाटो अगुस्टोले खेलको ७६औँ मिनेटमा एक गोल गरेका थिए। 

ब्राजिलले पहिलो हाफमा दुई गोल खान पुगेको थियो। म्यान अफ द म्याच बनेका बेल्जियमका केभिन ब्रुएनीले ३१औँ मिनेटमा गोल गर्दै उसको अग्रतालाई दोब्बर पारेका थिए। पहिलो गोल भने बेल्जियमलाई उपहार मिलेको थियो। ब्राजिलका फर्नान्डिनोले आत्माघती गोल गरेर बेल्जियमलाई अग्रता दिलाएका थिए। बेल्जियमले पाएको कर्नर बचाउन खोज्दा फर्नान्डिन्होले बललाई आफ्नै पोष्टमा पुर्‍याएका थिए। खेलको १३औँ मिनेटमा उनले आत्मघाती गोल गरेका थिए। 

खेल अवधिमा ब्राजिलले गोल गर्ने राम्रा अवसर सिर्जना गरेपनि तिनलाई बेल्जियमको रक्षापंक्ति र गोल किपरले विफल पारिदिएका थिए।

फाइनलमा पुग्न अब बेल्जियमले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.