|

ब्राजिलका स्टार खेलाडी नेइमार विश्वकप २०१८ मा चर्चा र आलोचनाको केन्द्रमा रहे। ब्राजिललाई क्वाटर फाइनलमा पुर्‍याएर उनको सकरात्मक तर्फबाट चर्चा भयो भने खेल मैदानमा अनावश्यक प्रतिक्रिया देखाएका कारण उनको विश्वभर आलोचना भयो। 

उनको बल खेलाउने कला र गोल गर्ने काइदाको विश्वभर तारिफ भयो। तर खेल मैदानमा विपक्षीले सामान्य छुदा पनि उनले देखाउने प्रतिक्रियाले खेलप्रेमीमा वितिष्णा पैदा गरेको थियो।

नेइमारले विश्वकप २०१८ को अन्तिम खेल बेल्जियमविरुद्ध कुनै जादु देखाउन सकेनन्। उनले न त गोल गर्न सके न पास नै मिलाउन। फलस्वरुप बेल्जियमले ब्राजिललाई दशकौँ पछी पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो। 

खेलको सुरुमै ब्राजिलले आत्मघाती गोल गर्‍यो र बेल्जियमले अग्रता लियो। त्यसपछि पहिलो हाफमै बेल्जियमले अग्रतालाई दोब्बर बनायो र रक्षात्मक खेल्यो। बेल्जियमको रक्षापंतीलाई तोडेर ब्राजिलका स्टार खेलाडी नेइमार लगायतले गोल गर्न सकेनन्। विश्वकप २०१८ को विजेताको रुपमा हेरिएको देशको अवस्था त्यस्तो हुँदा उसका फ्यान मात्रै निराश थिएनन्, स्वयम् नेइमार त्यसभन्दा धेरै गुणा ज्यादा निराश थिए। जुन उनको भावभंगीमा देखिन्छ। नेइमार ब्राजिल पछि परेदेखि नै निराश र हतास देखिएका थिए। उनले खेलमा खासै हाँसेको देख्न पाइएन।

यहाँ नेइमारका सात तस्वीर प्रस्तुत गरेका छौँ।

सम्बन्धित समाचार: 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.