|

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले थाइलेन्डको गुफामा फसेको युवा फुटबलरहरु सकुशल मुक्त हुने विश्वास ब्यक्त गरेका छन् । साथै उनले उक्त टिमलाई सकुशल रुपमा मुक्त भइ फिफा विश्वकपको फाइनल हेर्नका लागि रसिया आउन आमन्त्रण समेत गरेका छन्।

इन्फानटिन्होले भने ‘हामी सबैलाई ठुलो विश्वास छ की उनीहरु सकुशल रुपमा फेरी परिवारसँग रमाउन पाउने छन्। यदी उनीहरु चाँडै मुक्त भएमा र स्वास्थ्यले साथ दिएमा उनीहरुलाई विश्वकपको फाइनलमा पाहुनाको रुपमा स्वागत गर्न फिफा आँतुर छ ।’ थाइलेन्ड फुटबल संघका अध्यक्षलाई पठाएको पत्रमा उनले थपेका छन् ‘मलाई एकदम ठुलो आशा छ उनीहरु हामीसँगै फाइनल हेर्न रसियामा हुने छन्। यदि त्यस्तो भएमा यो हाम्रा लागि फाइनलको खुसिमात्र नभएर विश्व फुटबलकैलागि खुसि मनाउने ठुलो अवसर हुने छ।’

थाइलेन्ड फुटबलका ११ देखि १६ वर्ष उमेरका किशोरहरु उनीहरुका २५ वर्षिय प्रशिक्षकसहित अभ्यासका क्रममा गुफाभित्र २३ जुन देखि वेपता भएका थिए । केहि दिन अघिमात्र उनीहरुलाइई सकुशल फेला पार्न उद्धारकर्मीहरु सफल भएपनि उदार गर्न अझै सकिएको छैन्। उनीहरुको सकुशल उदारका लागि विश्व फुटबल क्षेत्रसँग सम्बन्धीत मात्र नभइ संसारभरका मानिसहरुले प्रार्थना गरिरहेका छन्।

थाइलेन्डको गुफाभित्र रहेका उनीहरुको उदारका लागि संसारभरका १ हजार भन्दा बढी उदारकर्मीहरु अहिले लागिरहेका छन् । लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले उनीहरुको अवस्थाको बारेमा हरेक सेकेन्ड, मिनेट र दिन मा मुक्त हुने अपेक्षामा रहेको बताए । सामाजिक सञ्जालमा उनीहरु मुक्त भएमा विश्वकपको ट्रफि उचालेर खुशि मनाउने पहिलो हकदार ति किशोरहरु हुने चर्चा गरिएको छ। उनीहरुको उदारमा अहिले विश्वको ध्यान केन्द्रीत भएपनि भिषण बाढी र खराव अवस्थाका काराण् सम्भव भइरहेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.