|

विश्वकप फुटबलमा इंग्ल्यान्ड र स्विडेन सेमिफाइनल प्रवेशका लागि आज प्रतिस्पर्धा गर्दैछन्। प्री-क्वार्टरफाइनलमा कोलम्बियालाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको इंग्ल्यान्ड र स्विटजरल्यान्डलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको स्विडेन दुवैलाई इतिहास बनाउने राम्रो मौकाका रूपमा यो विश्वकप रहनेछ।

स्विडेन १९९४ पछि सेमिफाइनल पुग्न सकेको छैन। त्यसैले २४ वर्षपछि पुन इतिहास बनाउने ध्याउन्नमा स्विडेन हुनेछ। विश्वकप फुटबलमा आफू आयोजक हुँदा १९६६ मा इंग्ल्यान्ड च्याम्पियन बनेको थियो तर त्यसयता भने इंग्ल्यान्ड उपाधिविहीन रहँदै आएको छ। त्यसैले इंग्ल्यान्ड योपटक राम्रो मौका सदुपयोग गर्दै दोस्रोपटक च्याम्पियन बन्ने लक्ष्यमा छ।

इंग्ल्यान्ड र स्विडेनबीच सेमिफाइनल प्रवेशका लागि भिडन्त हुँदै छ। स्विडेन जारी प्रतियोगितामा आफ्नो बलियो लयमा भने देखिएको छैन। स्विटजरल्यान्डविरुद्धको खेलमा अधिकांह समय दबाबमै रहे पनि स्कोर निकाल्दा क्वार्टरफाइनल सम्भव भयो। तर, अब उसका लागि इंग्ल्यान्डलाई हराउन भने ठूलो मिहिनेत गर्नुपर्ने हुन्छ।

बलियो डिफेन्स लाइन र छरितो फवार्डमा विश्वास गर्ने स्विडेन योपटक तुलनात्मक रूपमा अस्थिर देखिएको छ। तर अब उसलाई प्रतियोगितामा कुनै पनि गल्ती प्रतियोगिताबाट बाहिरिन पर्याप्त हुनेछ। समूहचणमा जर्मनीसँग पराजित भएयता स्विडेनले एक गोल पनि खाएको छैन। तर, उसको चुनौती भने घटेको छैन।

२४ पटक एक-अर्काविरुद्ध भिड्दा इंग्ल्यान्डले ८ र स्विडेनले ७ पटक जित निकालेका छन्। यी दुईबीच ९ पटक बराबरी भएको छ। विश्वकपमा ४ पटक आमुन्नेसामुन्ने भएका यी दुई देशबीच सबै ४ भिडन्तमा निर्णय निस्किएन। सबै खेल बराबरीमा सकिएको छ। पछिल्लोपटक २००६ मा भएको विश्वकप भिडन्तमा दुवैले २–२ गोलको बराबरी खेलेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.