|

इंग्ल्यान्ड सन् १९९० पछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। रुसमा जारी विश्वकप २०१८ को क्वाटर फाइनलमा स्वीडेनलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनल यात्रा तय गरेको हो। 

इंग्ल्यान्डलाई सेमिफाइनलमा पुर्‍याउने क्रममा ह्यारी म्यागुइरे र डेले अल्लीले गोल गरेका थिए।

दुवै गोल हेड मार्फत गरिएका थिए। डेलेले खेलको ५९औँ मिनेटमा गोल गरे भने पहिलो गोल ह्यारीले ३०औँ मिनेटमा गोल गरेका थिए। 

खेलको म्यान अफ द म्याच इंग्ल्यान्डका जोर्डन पिकफोर्ड भए।

अब इंग्ल्यान्डले आजै राति हुने आयोजक रुस र क्रोएसियाबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। 

खेलमा स्वीडेनले सुरुदेखि नै रक्षात्मक खेलेको थियो। तर उसको रक्षापंतीलाई इंग्ल्यान्डले दुवै गोल कर्नर बाट आएको बललाई हेडमार्फत जाली चुमाएर पार गरेको थियो। यता, स्वीडेनले भने केही राम्रा अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन। 

जारी विश्वकपको सेमिफाइनलमा फ्रान्स र बेल्जियम यसअघि नै प्रवेश गरिसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.