|

जुम्ला : म्याग्नेसियम र चिनीको कामत्र घट्दै जाँदा अनशनरत डा. गोविन्द केसीको मुटुको चालमा गडबडी देखिएको छ। यस्तो अवस्थामा जटिलता थपिँदै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा चिकित्सकहरुले औंल्याएका छन्।

डा. केसीको रगतमा चिनीको मात्रा कम हुँदै गएको र उनले ग्लुकोज लिन पनि नमानेकाले अहिले ग्लुकोज नभएका अन्य आईभी फ्लुड दिइएको उपचारमा संलग्न चिकित्सकत्रय प्रवीणुकमार गिरी, धीरज गुरुङ र सिद्धार्थ खातीले जनाएका छन्।

सेतो रक्तकोषको कमीले गर्दा अहिले संक्रमणबाट बचाउन उनलाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानको स्पेसल केयर युनिटमा राखिएको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.