|

जनकपुरधाम : हिन्दुहरूको धरोहर जानकी मन्दिरमा विद्युतीकरणमार्फत सजाउने सम्झौतामा हस्ताक्षर भएको छ। धार्मिक, ऐतिहासिक तथा पर्यटनको केन्द्रविन्दुको रूपमा रहेको जानकी मन्दिरमा विद्युतीयकरण गर्न जानकी मन्दिर र एनआरएनएबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

जानकी मन्दिरको प्रांगणमा सोमबार जानकी मन्दिर छुठ गुठी र एनआरएनएबीच मन्दिरको सौन्दर्यका लागि सम्झौता पत्रमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्थ रामरोशनदास वैष्णवले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। जानकी मन्दिरलाई विद्युतीकरण गर्नेसम्बन्धी सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले देशकै धरोहर जानकी मन्दिरमा एनआरएनएले गर्न लागेको सहयोग सह्रानीय भएको बताए। 

ऐतिहासिक, सांस्कृतिक र धार्मिक धरोहरको रूपमा रहेको पर्यटकलाई प्रभावकारी ढंगले आकर्षित गर्न लागि विद्युतीकरणको माध्यमबाट सुन्दर बनाउने प्रयास गरिएको एनआरएनका अध्यक्ष भवन भट्टले बताए। जानकी मन्दिर परिसरमा प्रकाश प्रज्ज्वलित गर्न एनआरएनले विस्तृत योजना तयार पारेको उनले जानकारी दिए। जानकी मन्दिरमा गरिने विद्युतीकरण सोलर र विद्युत् दुवैबाट सञ्चालित हुने उनले प्रष्ट पारे। 

एनआरएनएका संंस्थापक अध्यक्ष तथा उद्योगपति डा.उपेन्द्र महतोले जानकी मन्दिरलाई सजाउने अभिप्रायले गरिएको सम्झौताले जनकपुरधाम अझै सुन्दर बन्ने कुरामा विश्वस्त  रहेको बताए। 

सम्झौता अनुसार गैरअवासीय नेपाली संघद्वारा आफ्नै साधन र स्रोतबाट जानकी मन्दिर परिसर भित्र अत्याधुनिक विद्युतीय प्रकाशमार्फत मन्दिर परिसर प्रज्ज्वलित गरिनेछ। मन्दिर परिसर प्रज्ज्वलित गर्न संघले एक विस्तृत योजना तयारी गरि गुठीलाई प्रस्तुत गर्ने र परिसरमा विद्युतीकरण गर्दा लाग्ने तार, उपकरण, बत्ती आदिको जडानका लागि लाग्ने सवै खर्च एनआरएनएले व्यहोर्ने लगायतको सम्झौता पत्रमा उल्लेख गरिएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.