|

काठमाडौं :  विभिन्न माग राख्दै विगत १२ दिनदेखि अनशनरत डा गोविन्द केसीले आफू वार्तामा बस्न तयार रहेको बताएका छन्।

 डा.केसीले बुधबार एक विज्ञप्ती निकाल्दै सरकारी व्यक्तिले भनेको जस्तो आफू वार्ताका लागि तयार नभएको भन्ने अभिव्यक्तिको खण्डन गर्दै वार्ताका लागि कुनैपनि बेला आफू तयार रहेको बताएका हुन्। उनले विज्ञप्तीमार्फत आफू सरकारले चाहे जतिसुकै बेलापनि वार्ता टोली पठाउन तयार रहेको बताए। 

यस्तो छ केसीको विज्ञप्ती 

प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु

चिकित्सा शिक्षा ऐन सही रुपमा आउनुपर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न मागहरु राखी हामी सत्याग्रहमा रहेको आज १२औं दिन भइसकेको छ । 

यतिका दिनसम्म संवेददनहीन र गैर जिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हामी कुनै पनि बेला वार्ताका लागि तयार रहेको र सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने जानकारी पनि गराउन चाहन्छौं । 

सरकारलाई चाहिं यसै विज्ञप्तिमार्फत दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी कामहरु गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न स्मरण गराउँछौं । 


डा गोविन्द केसी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.