|

रुकुम : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ खदीका रमणीय लेकाली चौरमा यतिबेला भैंसी चरेको देख्न पाइन्छ। यस क्षेत्रका वासिन्दा अन्य समय वेशींतिर बस्ने भए पनि जेठदेखि भदौसम्म लेकमा भैँसी गोठ सारेर जाने गर्दछन्। 

ती लेकका चौरमा हरि परियार भैँसी चराइरहेका छन्। ‘पहिलेदेखि नै वर्षायाममा लेकतिर गोठ सारेर भैँसी चराउने चलन छ,’ उनले भने, ‘जेठमा लेकमा आएका गोठालाहरू भदौतिर मात्र तल झर्छन्।’ पहिले–पहिलेको गाउँका सबै लेक जाने चलन भए पनि पछिल्लो समय त्यो चलन कम हुँदै गएको छ। यो क्रम बर्सेनि घट्दो रहेको परियार बताउँछन्। 

लेकमा भैँसी गोठ लाँदा उनीहरू अस्थायी गोठ र केही छाप्रोमा बस्छन्। रुकुम पूर्व र पश्चिमका धेरै गाउँहरूमा वर्षायाममा गोठ लेकतिर सार्ने र हिउँद लागेसँगै वेंशीतिर झार्ने चलन छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.