|

चितवन : स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले नेपालमा अझै पनि दुई हजार ३१२ वटा वडामा स्वास्थ्य संस्था नै नरहेको बताएकी छन्। चितवन जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा सोमबार मन्तव्य राख्दै अर्यालले आधारभूत स्वास्थ्य सेवा निशुल्क बनाउने सरकारी लक्ष्य रहेकाले सरकारी योजना सफल पार्न ती वडाहरूमा स्वास्थ्य संस्थाहरू पुर्‍याउने प्रतिबद्धता जनाइकी हुन्। 

गुणस्तरीय स्वास्थ्य सेवामा सरकारले ध्यान दिएको बताउँदै अर्यालले अब उपचार नपाएर मर्नुपर्ने गरी स्वास्थ्य सेवालाई अगाडि बढाउने अर्यालको भनाई थियो। राज्यमन्त्री अर्यालले भनिन्, ‘एक नगरपालिका एक अस्पताल बनाउने सरकारी अवधारणा छ। यस अभियानलाई आगामी पाँच वर्षभित्रमा पूरा गरिन्छ।’  चितवन जिल्ला ५३ औं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ।

भरतपुर महानगरपालिका पूर्ण खोज हुन नसक्दा रोकिएको जिल्ला घोषणा कार्यक्रम आज घोषणा गरिएको हो।  भरतपुर महानगरलाई पूर्ण खोज घोषणा गरेपछि चितवन जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको थियो।  जिल्लामा २०७१ सालबाट अभियान थालिएको थियो। तत्कालीन समयमा यहाँको फूलबारी गाविस पूर्ण खोप सुनिश्चित भएको थियो। पूर्ण खोप सुनिश्चित हुन विभिन्न ११ वटा रोगविरुद्ध खोप लगाएको हुनुपर्छ।

जन्मेदेखि १५ महिनासम्मका बालबालिकाहरूलाई ११ वटा खोप लगाई १६ देखि २३ महिनाका बालबालिकाको घरधुरी सर्वेक्षणबाट पूर्ण खोप लगाएइको पाइएपछि सोमबार जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झाले जानकारी दिए। उनका अनुसार जिल्लामा कुल ७ हजार ५८९ जना बालबालिकालाई यो अभियानमा खोप लगाइएको पाइएको थियो।

नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार देशमा ७८ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएका छन्। नेपाल सरकराले २०६७ सालबाट उक्त अभियान थालेको थियो। हाल चितवनमा ४ अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्यचौकी, १४ नगरस्वास्थ्य केन्द्र र तीनवटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन्। हाल जिल्लामा २२७ खोप क्लिनिकबाट  खोप सेवा प्रदान गर्दै आइएको छ। 

नेपालमा २०३४ सालबाट  खोप कार्यक्रम सुरुआत भएको थियो। पूर्ण खोप सुनिश्चित हुनका लागि विसिजी, डिपिटी, पोलियो, पिसिभी, जेइ खोप लगायत हेपाटाइटिस वि, दादुरा, रुवेलाविरुद्धको खोप लगाएइको हुनुपर्छ। सो क्रममा सहभागीहरूले घोषणा कार्यान्वयनका लागि हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका थिए। 

पूर्ण खोप सुनिश्चित अभियान नेपाल सरकारको मत्वतवपूर्ण र सफल कार्यक्रम भएको दावी गर्दै राज्यमन्त्री अर्यालले विकास र समृद्धिका लागि पनि स्वास्थ्यको पहुँच जरुरी रहेको औल्याइन्। उनले समाजको सोचाई नकारात्मक बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै सरकारात्मक सोचका साथ देश विकासमा स्वयं आफ्नो भूमिका रहने कुरामा समेत जनताले ध्यान दिनुपर्नेमा उनको जोड थियो। गाउँगाउँमा डाक्टरको भूमिकामा स्वास्थ्य स्वयंसेवीकाहरूले खेलेको भूमिकाको उनले प्रशंसा गरिन्। आगामी वर्ष स्वयंसेवीकालाई सरकारले सम्बोधन गर्ने उनको प्रतिबद्धता थियो। 

राज्यमन्त्री अर्यालले स्वयंसेवीकाको विषयमा कार्यक्रम ल्याउन भरतपुर महानगरपालिकालाई आग्रह समेत गरिन्। कार्यक्रममा बोल्दै उनले गाउँगाउँमा डाक्टरको नाम भए पनि ती डाक्टरहरू विदेशमा हुने गरेको तितो यथार्य प्रस्तुत गर्दै स्वास्थ्य संस्थामा नियमित चिकित्सक रहने व्यवस्था गर्न सरकार कटिबद्ध रहेको समेत बताइन्। फरक प्रसंगमा बोल्दै उनले सरकराले नै हरेक प्रदेशमा मेडिकल कलेज खोल्ने घोषणा गरिसकेकाले गोविन्द केसीले आन्दोलन गर्नुको अर्थ नभएको भन्दै जायज माग सम्बोधन गर्न सरकार तयार रहेको समेत उल्लेख गरिन्। सो कर्याक्रममा  राष्ट्रियसभा सदस्य पार्वती रावलले पूर्ण खोप सुनिश्चित बनाउने अथक प्रयास रहेको भन्दै यसको नियमितताका लागि सबैको ध्यान जानुपर्नेमा जोड दिइन्।

प्रदेश सभा सदस्य कृष्ण खनाल र गीता वाग्लेले घोषणा कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका थिए।कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, स्वास्थ्य स्वयंसेवीका शुभद्रा श्रेष्ठ, डा. रविन खड्का, विजय झा, जीवनकुमार श्रेष्ठ, अमर दुवाडी लगायतले बोलेका थिए। कार्यक्रम जिल्ला खोप समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.