|

काठमाडौं : नाजुक स्वास्थ्यावस्थाका बीच जुम्लाबाट काठमाडौं ल्याएका डा गोविन्द केसीलार्इ महाराजगंजस्थित शिक्षण अस्पताल लगिएको छ। विगत २० दिनदेखि जुम्लामा अनशनरत डा केसीको स्वास्थ्यावस्था गम्भीर भएपछि उनको जीवनरक्षाका लागि बिहीबार सरकारले हेलिकोप्टरबाट काठमाडौं ल्याएको हो।

चिकित्सा शिक्षा सुधारका लागि अनशन बसेका डा केसीलार्इ अहिले शिक्षण अस्पतालमा यसभन्दा अघि अनशन बस्दै आएको स्थानमा राखिएको छ। उनले त्यहाँबाट अनशन सुरु गरेका छन् भने उनको उपचार पनि त्यहीँ हुँदैछ। उनले आइसियुमा जान अस्वीकार गरेका कारण अनशनस्थलमै राखेर उपचार गर्न लागिएको हो।

त्यस्तै यतिबेला शिक्षण अस्पतालमा डा केसीका समर्थक र सर्वसाधारणको ठूलो भीड लागेको छ। सुरक्षालार्इ मध्यनजर गर्दै प्रहरी प्रशासनले सुरक्षाकर्मी पनि ठूलो संख्यामा परिचालन गरेको छ।

त्यस्तै बिहीबार डा केसीलार्इ काठमाडौं ल्याउनका लागि सुरक्षाकर्मफ र प्रतिनिधि जुम्ला पुग्दा डा केसी समर्थकले प्रदर्शन गरेपछि भएको छडपमा केही प्रदर्शनकारी र सुरक्षाकर्मीसमेत घाइते भएका छन्। उनीहरूको अहिले जिम्लामै उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.