|

रुकुम : रुकुम पश्चिम मुसिकोट नगरपालिका–१४ मा एक व्यक्तिले आफ्नै छोरा र भाइको हत्या गरेका छन्।

मुसिकोट नगरपालिका–१४ लहरेखेतका ३७ वर्षीय शंकर बिष्टले आफ्नै छोरा र भाईलाइ हसिँया प्रहार गरि बुधबार बिहान हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक ऋषि ढुंगानाका अनुसार मृत्यु हुनेमा १६ वर्षीय गोकर्ण विस्ट र ६ वर्षीय छोरा सुदर्शन विष्ट रहेका छन्।

उनले आफ्ना दुई छोरालाइ पनि घरेलु हतियार प्रहार गरि गम्भीर घाइते बनाएका छन्। घाइते हुनेमा १३ वर्षीय प्रकाश र १० वर्षीय दिनेश रहेका छन्। उनिहरुको अवस्था गम्भीर रहेको छ। जिल्ला अस्पताल सल्ले रुकुममा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गर्ने तयारी गरिएको छ।

घटनाको कारण बारे अनुसन्धान भरहेको भएपनि मानासिक सन्तुलन गुमाएका शंकरले भाइ र छोराको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.