'हुन्छ नेपाल क्रियटिभ विजनेस हब!'
'हुन्छ नेपाल क्रियटिभ विजनेस हब!'
काठमाडौं : भविष्यमा तिमी के बन्ने?' निविता प्रधानलाई बाल्यकालमा सोधिने प्रश्न हुन्थ्यो र उनले बनावटी उत्तर दिन्थिन्, कहिले डाक्टर त कहिले इन्जिनियर।कारण उनका बुबा इन्जिनियर थिए। आमा डाक्टर।
जब उनमा परिवक्वता अायो, त्यतिबेलासम्म उनका बुबा (ज्ञानेन्द्रलाल प्रधान) जलविद्यत् क्षेत्रमा जमिसकेका थिए आमा डा. विमला वैद्य दन्त चिकित्सामा रमिरहेकी थिइन्। त्यसपछि उनी आफैँ गम्न थालिन अब म के बन्ने?
पढाइमा चिकित्सा, विज्ञान र इन्जिनियरिङ विषय उनका रूचीमा विषय बनेन्। त्यसैले पनि उनको रोजाइ व्यवस्थापन संकाय भयो। व्यवस्थापन संकायमा पढाइ सुरू गरेसँगै पढाइको व्यवहारिक उपयोग उनको उद्देश्य थियो।
सन् २००८ मा एसएलसी पास गरेपछि उनी पढाइको शिलशिलमा विदेश (भारत, मलेसिया) मा आठ वर्ष बिताइन्। त्यो समयमा कतिपय परियोजनामा काम गरिन् पनि।
जब उनी विदेशमा भनेजस्तो जागिर पाउँने गरी क्षमता वृद्धि गरेकी थिइन् उनको यात्रा भने नेपालतर्फ सोझियो। सन् २०१५ मा नेपाल फर्किन र पोखरा युनिभर्सिटीमा एमबीएको लागि भर्नासँगै बुवाले सञ्चालन गरेको व्यवसायीक क्षेत्रमा पनि सामेल भइन्। उनी अहिले एमबीए पास गरिसकेकी छन्। पछिल्लो डेढ वर्षदेखि हाइड्रो सोलुसनले सञ्चालन गरेका जलविद्युत् आयोजना, त्रिशक्ति केवल उद्योग तथा रिसोर्स हिमालय बैंकेट रिसोर्टमा 'क्रपोरेट अफएयर्स डाइरेक्टर' को रूपमा काम गरेकी छिन्। 'सबै काम सिक्नु छ', उनी सनुाउँछिन्, 'कहिले लेखाको काम गर्छु, कहिले बजार पनि जान्छु, कहिले व्यवस्थापन क्षेत्रमा पनि बसेर काम गर्छु।'
उनी अहिले बुवाले सञ्चालन गरेको व्यवसायमा परीक्षण काम गरेको बताउछिन्। 'म अहिले परीक्षण काम गरेकी छु', उनी अगाडि थप्छिन्, 'तर एक/डेढ वर्षमा मेरो स्टार्टअप (रचनात्मक उद्यम) सुरू हुन्छ।' उनले आफ्नो 'स्टार्टअप'ले बुवाआमालाई समेत 'सरप्राइज' दिने बताइन्। 'बुवाममीको लागि समेत त्यो सरप्राइज हुन सक्छ', उनले प्रफुल्ल हुँदै भनिन्।
उनी युवा उद्यमी मञ्चले सञ्चालन गर्ने बुट क्याम्पमा भाग लिने, 'स्टार्टअप'का कामहरूमा समेत स्रकिय छन्। अब भने आफैँले उदाहरणीय काम गर्ने लक्ष्य बनाएर अघि बढेकी छन्, पारिवारिक विजनेशमा। 'मैले डेढ वर्षमा स्टार्टअप सुरु गर्ने छु', उनी भन्छिन्, 'त्यो आइटी (प्रविधि) क्षेत्र पर्यटन वा कृषि जता पनि हुन सक्छ अहिलेको रुची प्रविधि क्षेत्र नै हो।'
उनको उद्देश्य छ, 'अहँ यहाँ केही गर्न सकिदैन भनेर विदेशिएका आफ्ना दौँतरीहरूलाई स्वदेश फर्काएर र फर्किएका साथीहरूलाई हामीले नगरे कसले गर्ने भावनाको विकास गराउने।' निविताको एकल प्रयासमा यो काम गर्न नसिकने भएको कारण युवा उद्यमी मञ्चको प्रयोग यस्ता कार्यमा गर्ने र आफू पनि उदाहरणीय काम गर्ने सोच बनाएकी छन्।
जतिबेला निविता विदेशमा थिइन, उनका धेरै साथीहरू नेपालमा थिए। अहिले उनी नेपालमा छन्, उनका साथीहरू विदेशमा छन्। उनी स्वदेश फर्केको देखेर धेरै साथीहरू आश्चर्य मानेको सुनाउँछन्। कतिले त अझै पनि भन्छन्, 'निविता पनि नेपालमै!' उनले आश्चर्य मान्नु पर्ने कारण भए पनि अब यहाँ कही गरेर ती साथीलाई नेपाल फर्काउने योजना बनाएको बताउ छिन्। अबको पाँच वर्षमा आफ्नो उमेर समूह (२५ देखि ३५ वर्ष) का करिब एक सय जनलाई नेपाल फर्काउने उनले (ड्रिम) सपना छ। नेपाल फर्कने उनका ती साथीले नेपालमा नयाँ व्यवसाय पहिचान गरी काम गर्न सकोस भन्ने चाहना पनि राखेको बताउछिन्।
निविताले अहिलेसम्म पाँच जना साथीलाई यसै गरी नेपाल फर्काइसकेकी छिन्। स्वदेश फर्किएका साथीहरू अहिले विजनेशमा रमाइसकेका छन्।निविता भन्छिन् 'जहाँ समस्या छ त्यही समधान हुन्छ, हाम्रो साथीहरूले भनेजस्तै नेपालमा केही छैन र त धेरै गर्न सकिन्छ।'
उनले भविष्यमा छुट्टै पहिचान भएकी महिला उद्यमीको परिचय बनाउने पाँच वर्ष भित्र नै कम्तीमा नयाँ सोच विचार भएका ३०० युवालाई रोजगारी दिने र स्टार्टअप प्लानिङ गरेका युवाहरूलाई सहयोग प्रदान गर्ने योजना बनाएकी छिन्।
अहिले गाउँमा देखिको अवस्था जस्तै केही वर्षमा नेपालकै अवस्था हुनसक्ने भन्दै उनी युवा उद्यमी तरुणहरूलाई रोक्न प्रेरणा दिने र रोकिएर ठीक गरेँ भन्ने आभाष गराउनु पर्ने बताइन्। अब के गर्ने भन्ने सवालमा ३० जना महिला उद्यमीको उद्यम, थुप्रै युवा उद्यमीको उद्यम हेरेको कारण पनि धेरै गर्न सकिन्छ भन्ने प्रेरणा आएको उनी बताउँछिन्।
पढेका युवाहरू जाग्दा नेपाललाई 'क्रियटिभ विजनेस हब' बनाउन सकिने उनको तर्क छ। 'अहिले कति साथीहरूले क्रियटिभ काम गर्नु भएको छ', उनी थप्छिन्, 'सरकारले पनि यस्ता कार्यमा आर्थिक सहयता प्रदान गर्ने र युवा उद्यमी सरलाई सहयोग गर्ने हो भने नेपाल क्रियटिभ विजनेस हब हुनेछ। जसले हाम्रो बढ्दो व्यापारलाई सन्तुलनमा ल्याउन सहयोग गर्नेछ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।