काठमाडौं: महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वशन्त लामाले आफु काठमाडौंका होटल चाहार्दै नहिड्ने बताएका छन्। 'म होटल चाहार्दै हिड्ने आदतको मान्छे होइन्। तर होटलमा बसेर अपराधीक गतिबिधिमा संलग्न भेटिए जो सुकै माथि कडा कारबाही हुन्छ,' उनले भने।
शनिबारबाट काठमाडौंको कमाण्ड सम्हालेका एसएसपी लामाले कानुनको परिधी र संगठनको सिद्धान्तभित्र रहेर काम गर्ने र आफु मातहतका प्रहरी वृत्तहरुलाई त्यही अनुसारको निर्देशन दिने बताए।
यसअघि सनम शाक्य हत्या र ३३ किलो सुन तस्करीको अध्ययन टोलीका सदस्य समेत रहेका लामाले काठमाडौंलाई सुरक्षित बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रीत भएको बताए। थाहाखबरसँग कुरा गर्दै लामाले सोमबारमात्र आफ्नैं निवासमा शंकास्पद अबस्ठामा मृत भेटिएका फ्रान्सका पूर्व राजदुत केशवराज झाको आत्महत्या नभई हत्या भएको र हत्याराको पहिचान नजिन प्रहरी पुगेको समेत स्पष्ट पारे ।
राजधानीमा बसेर गुण्डागर्दी गर्ने, तस्करी, संगठित अपराध, लागु औषधको कारोबार गर्नेलाई कुनै हालतमा नछोडिने र उनीहरुमाथि विशेष निगरानी राखिने लामाको भनाई छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।