|
File Photo : kathmandutoday.com

काठमाडौं : संयुक्त विद्यार्थी संगठनले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव पारित गर्न दबाब दिने उद्देश्यले आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। विभिन्न दल निकट विद्यार्थी संगठनले दिउँसो दुई बजे काठमाडौंको माइतीघर मण्डलाबाट बानेश्वरसम्म प्रदर्शन गर्न लागेका हुन्। 

अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले दिउँसो एक बजे माईतीघरमा जम्मा हुने र दुई बजे माईतीघरबाट बानेश्वरसम्म प्रदर्शन गरिने बताए। त्यस्तै, संयुक्त विद्यार्थी संगठनले आइतबार जिल्ला जिल्लामा पनि प्रदर्शन गर्ने तयारी गरेको छ। 

मुख्य दलका शीर्षनेतालाई भेटेर दबाब दिने कार्यक्रम अन्तर्गत आइतबार बिहान ९ बजे नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानिलकण्ठमा भेटेर महाभियोग प्रस्ताव तत्काल पारित गर्नका लागि दबाब दिएका छन्। विद्यार्थी नेताले शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रस्ताव पारित गराउन दबाब दिएका थिए। 

यसैबीच संयुक्त विद्यार्थी संगठनमा आवद्ध मधेशी विद्यार्थी संघ संगठनले महाअभियोगको पक्षमा हुने प्रदर्शनमा सहभागिता नजनाउने भएका छन्। उनीहरुले शीर्षनेतालाई भेट्ने कार्यक्रममा भने सहभागिता जनाउने बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.