|

काठमाडौं  : नेकपा क्रान्तिकारी माओवादीले आउँदो फागुनमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ। काठमाडौंमा तीनदिनसम्म चलेको राष्ट्रिय भेलाको निर्णय सुनाउँदै बिहीबार उपाध्यक्ष सीपी गजुरेलले आउँदो फागुनमा राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिएका हुन्।

रामबहादुर थापा बादल नेतृत्वको समूहले पार्टी छाडेपछि क्रान्तिकारी माओवादीले पार्टीलाई व्यवस्थित बनाउन भन्दै राष्ट्रिय सम्मेलनको मिति तोकेको हो।

राष्ट्रिय भेलाले नेकपा माओवादी केन्द्रसँग एकताको ढोका बन्द भएको बताएको छ। तर उसले क्रान्तिकारी र विचार मिल्नेहरुसँग एकताको ढोका सँधै खुलाहुने बताएको छ। उपाध्यक्ष गजुरेलले पत्रकार सम्मेलनमा अहिलेको संविधान पश्चगामी भएकाले जनसंविधान जारी गर्नुपर्ने आफुहरुको माग रहेको बताए।

उनले संविधानमा संघीयता, धर्म निरपेक्षता र गणतन्त्र जस्ता केही विषय सकारात्मक भएपनि समग्रमा संविधान पश्चगामी नै रहेको दावी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.