|

सुनसरी : तमू गुरुङहरुको सार्क स्तरिय सम्मेलन आइतबारदेखि सुनसरीको धरानमा सुरु हुदैछ। सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले दिउँसो १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम तमूले जानकारी दिए। 

त्यसअघि झाँकिसहितको र्‍याली निकालिने छ। उद्घाटन समारोहलाई श्रममन्त्री सूर्यमान गुरुङ, एमाले सचिव पृथ्वीसुब्बा गुरुङ, माओवादी केन्द्रका नेता देव गुरुङ, भारत सिक्कमका मन्त्री गर्जमान गुरुङ, संघीय समाजवादी फोरमका नेता गणेशमान गुरुङ लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। 

पहिचानको आन्दोलनलाई थप सशक्त गर्न तथा दक्षिण एशियाली देशहरुमा रहेका गुरुङ संघ-संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध कायम राख्नका लागि सम्मेलन आयोजना गरिएको अध्यक्ष तमुले बताए। सोमबारसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, भुटान र वर्माबाट तमू संघ-संस्थाका प्रतिनिधी सहभागी हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.