उत्पादन बढाउन आग्रह

|

गुल्मी :  परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर आर्थिक विकासको मेरुदण्ड भएको बताएका छन्। दुई ठुला शक्तिशाली अर्थनीति भएका छिमेकी मुलुक जोड्ने सवैभन्दा छोटो सडक भएकाले मुलुकको आर्थिक विकासको कालीगण्डकी करिडोर भएको बताए।

सोमबार कालीगण्डकी करिडोर सडक योजना नेपाली सेनाले रिडी–रुद्रवेणी खण्डलाई १० मिटर चौडा गरेर सर्वाजनिक यातायात शुभारम्भ गर्ने कार्यक्रमलाई सम्बोधन गदै ज्ञवालीले भने  'दुई शक्तिशालि अर्थनिती भएका चिन र भारतजस्ता छिेमेकी मुलुक जोड्ने ३५० किलो मिटर सडक नेपालको आर्थिक विकासको मेरुदण्ड हो। 

उनले लुम्बिनी, मुक्तिनाथ र मानसरोवर जस्ता धार्मिक तथा सास्कृतिक महत्व भएका स्थलहरुलाई समेत करिडोरले जोडेको भन्दै कालीगण्डकी करिडोरले नेपालको विकासमा महत्‍वपूर्ण योगदान दिने बताए। कालीगण्डकी करिडोर सम्पन्न भएपछि यहाँ ठुला–ठुला कन्टेनरहरु सामान लिएर आउने भन्दै उनले सामान लिएर आउने ती कन्टेनरहरुलाई रित्तै पठाउन नहुने बताए। 

करिडोर अन्तर्गत रिडी रुद्रवेणी सडक खण्डलाई चार महिनापछि १० मिटर चौडाई बनाएपछि सोमबाररदेखि सडक खुलेका हो। गत बैशाख २० गतेदेखि नेपाली सेनाले खन्नसुरू गरेका उक्त खण्डको ७ किलो मिटरको सडकलाई १० मिटर चौडाई पारिएको छ।

कालिगण्डकी करीडोर अन्तर्गत रिडी रुद्राबेनी खण्डलाई सेनाले १० करोड सडकलाई १० मिटरको चौडा पार्ने जिम्मा लिएको हो। यस्तै सोमवारनै रुद्रवेणीदेखि थप १० किलोमटिर सडक चौडाई गर्नका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.