|

काठमाडौं : संसदको महाभियोग सिफारिस समितिले आन्तरिक कार्यविधीको अन्तिम तयारी गरेको छ। छलफल गर्न बाँकी विषय टुंग्याई कार्यविधीको मस्यौदालाई अन्तिम रुप दिन उपसमितिको बैठक दिउँसो १२ बजे सिंहदरबारमा बस्दैछ। 

उपसमितिले बुधबारसम्म मस्यौदालाई अन्तिम रुप दिई समितिमा पेश गर्ने र समितिको पूर्ण बैठक बसेर कार्यविधी टुंगो लगाई काम सुरु गर्ने तयारी छ। संविधान र संसद नियमावली अनुसार समितिले महाअभियोग लाग्न सक्ने उचित र पर्याप्त आधार खोजीका लागि गर्नुपर्ने काम जस्ता विषयमा आन्तरिक कार्यविधि बनाउन लागेको हो।

तर केही विषयमा समिति सदस्यहरुबीच नै सहमति जुट्न नसकेकाले उपसमितिलाई तोकिएको समय कार्तिक १० अर्थात् बुधबारसम्म कार्यविधीको मस्यौदाले अन्तिम रुप पाउन सक्ने सम्भावना भने देखिएको छैन। 

समिति सदस्य दिलनाथ गिरीले केही विषयमा संवैधानिक अड्चन आउन सक्ने देखिएकाले मंगलबार बस्ने बैठकपछि मात्रै के हुने भन्ने टुंगो लाग्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.