|

काठमाडौं : काठमाडौं उपत्यकाका भूकम्पपीडितलाई अनुदान रकम वितरणका लागि मंगलबारदेखि सम्झौता सुरु हुँदैछ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत केन्द्रीय आयोजना इकाइ कार्यालयले उपत्यकाका तिनै वटा जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरकामा अनुदान सम्झौता थाल्न लागेको हो। 

आयोजना इकाईका अनुसार उपत्यकाका ३ जिल्लामा गरी ९० हजार ८ सय ८८ लाभग्राहीको पहिचान भएको छ। जसमा काठमाडौंमा करिब ४२ हजार, ललितपुरमा ३२ हजार र भक्तपुरमा २४ हजार लाभग्राही छन्। 

लाभग्राही सुचीमा परेका तिनै जिल्लाकाहरुसँग आज पहिलो किस्ताको अनुदान सम्झौता हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। हालसम्म अति प्रभावित १२ वटा जिल्लाका ४ लाख ६५ हजार ९ सय ४९ भुकम्प पीडितसँग पहिलो किस्ताको अनुदान सम्झौता भइसकेको केन्द्रीय आयोजना इकाईले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.