|

काठमाडौं : राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्देशक समितिको बैठक बुधबार बस्दैछ। 

बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्नेछ। बैठकमा पुनर्निर्माणका क्षेत्रमा अहिलेसम्म भएका कामको प्रगतिबारे समिक्षा गरिनुका साथै वित्तीय र जनशक्ति व्यवस्थापन लगायतका विषयमा छलफल हुने प्राधिकरणले जनाएको छ। 

अझैपनि भूकम्प पीडितले राहतको पहिलो किस्ता पाउन सकेका छैनन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प पीडितलाई बुधबारको बैठकमा राहत वितरणमा भएको ढिलाईको कारणबारे प्राधिकरणका पदाधिकारीलाई सोध्ने र राहत वितरणमा प्रभावकारी काम गर्न निर्देशन दिने उनको नीजि सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.