चितवन : चितवनको कालिका नगरपालिका वडा नम्बर ११ स्थित मझवाङमा करेन्ट लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ।
स्थानीय मझवाङ खोलामा माछामार्न लाग्दा करेन्ट लागेर विसुराम चेपाङका छोरा १८ वर्षीय सन्तोष चेपाङको मृत्यु भएको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।
अपरान्ह ४ बजेको समयमा माछामार्न क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकोछ । उनको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।