|

काठमाडौं : मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्दैछ। 

बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण, मन्त्रालयगत नियमित एजेण्डा लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। उनका अनुसार भारतीय राष्ट्रपति मुखर्जी नेपाल आउने दिन सार्वजनिक बिदा दिने कि भन्ने विषयमा पनि बिहीबारको बैठकमा छलफल हुने छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति मुखर्जी आउँदो १७ गतेदेखि १९ गतेसम्म नेपाल भ्रमणमा आउने तय भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण लगतै भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउन लागेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.