|

काठमाडौं : नेपाल-भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठक बिहीबार नयाँ दिल्लीमा बस्दैछ।  

दुई देशबीच विगतमा भएका सम्झौता र आयोजना कार्यान्वयनको अवस्थाबारे बैठकमा बृहत् समीक्षा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकमा नेपाली पक्षको नेतृत्व गर्न परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत बुधबार नयाँ दिल्ली पुगेका छन्। भारतीय पक्षको नेतृत्व विदेश मन्त्री सुष्मा स्वराजले गर्नेछिन्। 

यसअघि बुधबार बसेको परराष्ट्र सचिवस्तरीय बैठकले बैठकका एजेण्डा तय गरेको छ। प्रधानमन्त्रीको भारत भ्रमणका बेला भएका सम्झौता, सुस्ता र कालापानीको सीमा विवाद, पञ्चेश्वर परियोजना, उर्जा व्यापार सम्झौता, सैन्य सामाग्री, सुनकोशी डाइभर्सन, गण्डक नहर, भारतको विशाखापटनम बन्दरगाहको नेपालले प्रयोग, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा घोषणा गरिएको सहयोग, हवाई सम्झौता लगायतका विषय बैठकका एजेण्डा बनाइएको छ। 

परराष्ट्र मन्त्रालयका सचिव शंकरदाश बैरागी र भारतीय विदेश मन्त्रालयका सचिव एस जयशंकर लगायत दुवै देशका अर्थ, वाणिज्य, उद्योग, जलस्रोत र उर्जा मन्त्रालयका अधिकारी समेत बैठकमा सहभागी हुनेछन्। 

संयुक्त विज्ञप्ती जारी गर्दै बैठक बिहीबार नै सकिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.