|

कपिलवस्तु : अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा बृहत्तर आर्थिक समृद्धिका निम्ति प्रदेश सरकार जिम्मेवार बन्नुपर्ने बताए। अर्थमन्त्री खतिवडाले संघीय सरकारले पनि आफ्नो तवरमा विकासका कार्यक्रमहरू जनतासामु ल्याए पनि थप प्रभावकारी कार्यान्वयनका लागी प्रदेश सरकारकाे भूमिका महत्वपूर्ण हुने बताएका हुन्।

छोटी भन्सारबाट मूल भन्सारका रुपमा स्तरोन्नति भएको कपिलवस्तुको सुठौली भन्सारको सोमबार उद्घाटन गर्दै उनले प्रदेश सरकारले ल्याएका कार्यक्रमहरू विद्यमान कानुन र बजेटको अधिनमा रही कार्यान्वयन गर्ने पनि बताए। अर्थमन्त्री खतिवडाले हुलाकी मार्गको निर्माणका लागी प्रदेश सरकारको समन्वयमा कार्य अगाडि बढाउने समेत उल्लेख गरे।

सरकारको मध्यमकालीन योजनामा रहेको हुलाकीमार्गलाई आगामी आर्थिक वर्षबाटै थप बजेट बिनियोजन गरी काम गरिने मन्त्री खतिवडाको भनाई छ। अर्थमन्त्री खतिवडाले करको दायरा फराकिलो बनाउन सरकारले छोटी भन्सारलाई मूल भन्सारमा स्तरोन्नति गर्ने, विस्थापित भएका भन्सारलाई पुनःस्थापना गर्ने तथा करदाता कार्यालयसमेत स्थापनामा जोड दिइरहेको जानकारी दिए। 'नागरिकको क्षमता हेरेर मात्र स्थानीय तहले कर लगाउनुपर्छ,'उनले भने। 

कार्यक्रममा प्रतिनिधि सभा सदस्य बृजेशकुमार गुप्ता, अभिषेकप्रताप शाह, पूर्व मन्त्री दीपकुमार उपाध्याय, प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवास्तवले गौतमबुद्धको जन्मस्थल लुम्बिनी र राजधानी कपिलवस्तु तिलौराकोट रहेको संयुक्त राष्ट्र संघले समेत प्रमाणित गरिसकेको अवस्थामा छिमेकी मुलुक भारतले नक्कली कपिलवस्तु बनाएर दुष्प्रचार गरेको बताए। उनीहरूले जिल्लामा रहेका दुइ भन्सार नाकामा अध्यागन कार्यालयको स्थापनामा जोड दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.