|

काठमाडौं : यातायात व्यवसायीले मंगलबारबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको बैठकको निर्णय अनुसार देशभर दशैंको अग्रिम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा टिकट बुक गर्नेहरूको भीड लागेको छ। टिकट बुकिङ गर्ने पहिलो दिनको बिहानै यात्रुहरू नयाँ बसपार्क पुगेका थिए। 

भाडादर १० प्रतिशत वृद्धि गरेर टिकट बुकिङ खुला गरिएको हो। यस वर्ष करिव २० लाख मान्छे दशैंका लागि राजधानी बाहिर जाने अनुमानसहित महासंघले गाडीको उचित व्यवस्था गर्ने कामलाई पनि अघि बढाएको जनाएको छ। गाडीको सहज व्यवस्थापनका लागि वरिष्ठ उपाध्यक्ष हरिशरण केसी संयोजक र महासचिव सिटौला सदस्य सचिव रहेको अनुगमन समिति नै बनाइएको छ।

त्यसैगरी टिकट काउन्टर व्यवस्थापनका लागि पनि छुट्टै समिति बनाइएको महासचिव सिटौंलाले जानकारी दिए।

टिकट बुकिङ खुला गरिएको पहिलो दिनको बसपार्क, फोटोमा:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.