|

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले तिहारका बेला उच्च विद्युत खपत हुने उपकरणहरु प्रयोग नगर्न आग्रह गरेको छ। विद्युत प्रणालीमा माग बढ्दै गएको र त्यसको अनुपातमा उत्पादन वृद्धि हुन नसक्दा लोडसेडिङ्ग न्यूनीकरण गर्न नसकिएको भन्दै प्राधिकरणले विद्युत खपत कम गर्नका लागि आग्रह गरेको हो। 

बेलुकाको समयमा बढी विद्युतीय शक्ति खपत हुने बत्ती तथा अरु विद्युतीय उपकरणहरु प्रयोग गर्दा वितरण ट्रान्सफर्मर, फिडर लाईनमा ओभरलोड हुन जाने तथा सबस्टेशन र ग्रीड प्रणालीमा समस्या आई विद्युत आपूर्ति समेत बन्द हुनसक्ने तर्फ प्राधिकरणले सचेत गराएको छ। 

त्यसैले, तिहारका बेला बेलुका ५ बजेदेखि राती १० बजेसम्म बत्ती तथा उपकरणहरुको न्यूनतम प्रयोग गरी विद्युत माग व्यवस्थापनमा सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.