|

सुनसरी :  पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी स्थित बेतना सिमसार क्षेत्रमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। 

बिहिबार साँझ पूर्वबाट पश्चिम आउँदै गरेको ना ५ ख १९२० नम्बरको ट्रकले विपरीत दिशातिर गइरहेको को १२ प ९६८२ नम्बरको मोटरसाइकललाई ठक्कर स्थानिय दुई जना युवाको मृत्यु भएको प्रदेश एक टाफिक प्रहरी कार्यलय इटहरीका एसपी रवि पौडेलले जानकारी दिए।

दुर्घटनामा बेलबारी–११ बस्ने बर्णबहादुर राई र मनकुमार राईको मृत्यु भएको पौडेलले जानकारी दिए। दुर्घटनामा घाइते भएका दुवै जनालाइ उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। उनीहरुको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.