काठमाडौं : इजिप्टको एउटा सैनिक अदालतले बिहिबार १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला गरेको छ। ठूलो संख्यामा मानवीय क्षति हुनेगरी चर्चामा बम विस्फोटन गराइएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई मृत्यु दण्डको सजाय तोकिएको हो।
इस्लामिक स्टेट (आइएस) लडाकूका नाममा गराइएको विस्फोटनमा परी दर्जनौंको मृत्यु भएको थियो। घटनामा दोषी पाइएका अरु १९ जनालाई आजीवन काराबासको सजाय तोकिएको छ भने दश जनालाई दशदेखि १५ बर्षसम्मको जेल सजाय तोकिएको छ।
न्यायिक तथा सुरक्षा अधिकारीहरूले दिएको जानकारी अनुसार काएरोमा सन् २०१७ र २०१६ मा गराइएका विस्फोटनका घटनामा परी ७४ जनाको मृत्यु भएको थियो। सन् २०१६ को डिसेम्बर ११ तारिखका दिन काएरोको मुख्य भागमा पर्ने सेन्ट पिटर र सेन्ट पाउल चर्चमा भएको आत्मघाती हमलामा परी २९ जनाको मृत्यु भएको थियो।
त्यसैगरी त्यही बर्षको अप्रिलमा पाल्म सण्डे मनाउन भेला भएकाहरुलाई आक्रमण गर्दा तान्टा र एलेक्सान्ड्रीयामा ४५ जना मारिएका थिए। इजिप्टमा क्रिश्चियन धर्माबलम्वीहरुले प्रार्थना गर्ने चर्चहरुमा बेला बेलामा आइएस लडाकूहरुले आक्रमहरु गर्ने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।