|

धनुषा : १० रुपैयाँ र एउटा चाउचाउमा फकाएर  बलात्कारपछि हत्या गरेका दुई अभियुक्तलाई धनुषा प्रहरीले आइतवार सार्वजनिक गरेको छ।

धनुषाको औरही गाउँपालिका वडा नं. २ को देउरी परवाहकी १० वर्षिय बालिका मनिका यादवलाई बलत्कारपछि हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

घटनामा संलग्न रहेको अभियोगमा औरही गाउँपालिका वडा नं. ३ का ३२ वर्षिय विनोद मुखिया र वडा नं. ५ का २३ वर्षिय नथुनी पण्डित कुम्हार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले पत्रकार सम्मेलनमा जानकारी दिए। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालत धनुषाबाट जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दा ऐन अन्तर्गत अभियोगपत्र दायर गर्ने तयारी गरेको छ।

यसरी बन्यो योजना  र घटनालाई दिइयो अन्जाम

शुक्रवार साँझ करिब ७ बजे दुवै अभियुक्त भनिएका मुखिया र पण्डितले एक भट्टीमासँगै रक्सी खाँदै योजना बनाएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिए। रक्सी खाएको सुरमा दुवैले मेलाबाट बालिकालाई फकाउने योजना अनुरुप उनीहरु ४–५ जना बच्चालाई फकाई फुल्याई गरे। तर कोही पनि जान मानेनन् ।

ततश्पचात् अभियुक्त मुखियाले आफ्नो घर नजिकै रहेको मनिका यादवलाई मेलामा अन्य बच्चाहरुसंग खेलेको देखेपछि चाउचाउ र १० रुपैयाँ दिएर मेला भन्दा १ किलोमिटर पर लागि बलात्कार गरेको पत्रकार सम्मेलनमा दुवै अभियुक्तले स्विकार गरे। यस्तै उनीहरुले बलात्कारकै क्रममा असहय पिडाले चिच्च्याउदै गरेकी बालिकालाई मुख थुन्ने क्रममा बालिकाको मृत्यु भएको समेत स्विकार गरेका छन् ।

मृत्यु पश्चात् उनीहरुले बालिका मृत भए नभएको एकिन गर्न दोश्रो पटक घटना स्थल पुग्दा मृत बालिकालाई धान खेतमा माटो खनी मुख छोप्ने अभिप्रायले गाडेर भागेका थिए। औरही गाउँपालिका वडा नं. दुई को देउरी परवाहाको कप्टौल जाने बाटोमा दशैंमा दुर्गाको प्रतिमा हेर्न घरबाट निस्केकी बालिकालाई योजना अनुसार लगिएको थियो। शुक्रवार राति ७ बजेबाट बालिका हराए पनि ९ बजेबाट घरपरिवार तथा स्थानीयले बालिकाको खोज तलास गरेपनि नभेटिएपछि शनिवार विहान ९ बजे प्रहरीमा उजूरी गरेका थिए। 

उजूरी पछि प्रहरीको टोलीले सोधखोज गर्ने क्रममा माछा मार्न खेतमा गएका स्थानीयहरुले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेको थिए। सोही गाउँकै रेल्वे स्टेशन नजिकै श्रीराम साहको धानबारी खेतमा हत्या गरेर बालिकालाई पुरेको अवस्थामा शनिवार दिउँसो १ बजे प्रहरीले शव बरामद गरेको थियो। शव बरामदसंगै प्रहरीले एक बालिकाको बयानको आधारमा दुवै अभियुक्तलाई खोज्न सुरु गरे।

यता शनिवारका दिन अभियुक्त मुखिया जनकपुरधाम आएर फिल्म हलमा फिल्म हेरेर भ्रमरपुरा चोकमा रहेको बेलामा परिवारको सहयोगमा प्रहरीले पक्राउ परेका थियो। मुखियालाई पक्राउ पछि अर्को अभियुक्त पण्डितलाई उनको घर देउरी परवाहाबाटै पक्राउ गरिएको थियो। हाल जनकपुरधाम अञ्चल अस्पतालमा शवको पोष्टमार्टम पछि परिवारजनको जिम्मा लगाईएको छ भने दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा थप अनुसन्धानका लागि राखिएको जनाइएको छ।

मुखिया यसअघि पनि गोली प्रहार तथा लुटपाट सम्बन्धी मुद्दामा १० वर्षको जेल सजायमा ३ वर्षमा निस्केका अपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन् । मुखियालाई बालिकाले (अङकल) काका भन्दै आएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.