समाज : सुरक्षा/अपराध

घाँटी रेटी हत्या आरोपमा एक पक्राउ
SHARES

असोज २९, २०७५

    बारा : घाँटी रेटी महिलाको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा बारामा एकजना पक्राउ परेका छन्। 

    असोज ६ गते बारा कलैया उपमहानगरपालिका १३ वलिरामपुरकी ४५ की सियापित देवी धोबिनको हत्या आरोपमा प्रहरीले स्थानीय २८ वर्षीय रबिन महतो धानुकलाई पक्राउ परेकाे हो। उनलाई आइतबार वेलुका कलैया १० मटिअर्वास्थित सीमावर्ती क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा फेला परी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

    जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जितसिंह राठौरले भने,‘ ‘गाउँदेखि करिव एक किलाेमिटर दक्षिण-पूर्व पसाह खोला किनारमा रहेको आफ्नै खेतमा खर काट्न गएकी सियापित देवीलाई रबिनले हत्या गरेका रहेछन्। पत्नीकाे सहयाेगमा सयापित देवी एक्लै भएको अवस्थामा हँसियाले घाटी रेटी हत्या गरेका थिए।’

    हत्यापछि रबिन फरार थिए। हत्यामा संलग्न रहेकी रबिनकी पत्नी भने अझै फरार छन्। 

    बाबुसँग अवैध सम्बन्धका कारण हत्या

    मृतक सियापति देवी र पक्राउ परेका रविनको बाबु दशरथ महतो नुनियाबीच अवैध सम्बन्ध रहेको कारण हत्या भएको खुलाशा भएकाे छ। प्रवक्ता राठौरले भने,‘करिव १५/२० वर्षदेखि अनैतिक सम्बन्ध रहेको कारण घरमा सधै पारिवारिक विवाद हुने गरेका कारण  हत्या गरेको पनि रबिनले बयान दिएकाे छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]