|

जुम्ला : जुम्ला गोठिचौर गाउँपालिकाको मुडुरी गाउँनजिकै मुरुल्ली खोलामा एक व्यक्ति मृत फेला परेका छन्। मृतक पातारासी गाउँपालिका ५ लासी निवासी ४५ वर्षीय भक्त बूढा रहेको प्रहरीले जनाएको छ।

मृतक बूढा जुम्लासँग सिमाना जोडिएको जाजरकोट जिल्लाको बैजडी पाटनबाट खिरौला जडिबुटी संकलनबाट फिर्किएका बताइएको छ। शुक्रबार बिहान खोलाको किनारमा उनी मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

मृतकलाई पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ। मृतकको शरीरमा कुनै पनि घाउचोट नदेखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी सीताराम रिजालले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.