|

काठमाडौं : सरकारले एक इलाका एक नयाँ युवा व्यवसाय कार्यक्रम सुरु गर्ने भएको छ। अहिले प्रस्तावित ९ सय २७ वटा इलाकामा एक-एक वटा नमूना व्यवसाय कार्यक्रम सुरु गर्ने निर्णय युवा स्वरोजगार कोषले गरेको छ। 

एक इलाका एक नयाँ युवा व्यवसायका लागि ९ अर्बभन्दा धेरै रकम बजेट विनियोजन हुने अर्थमन्त्रालयका प्रमूख आर्थिक सल्लाहकार पुण्यप्रसाद रेग्मीले जानकारी दिए। युवा व्यवसायका लागि प्रस्ताव आव्हान हुने र प्राप्त प्रस्तावमध्ये उत्कृष्टलाई छनौट गरेर पहिलो किस्तावापत ४० प्रतिशत रकम विनियोजन हुनेछ। 

एउटा व्यवसायका लागि विनियोजन हुने १ करोड रुपैयाँमा लाग्ने व्याजमा ६० प्रतिशत अनुदान दिने सरकारको योजना रहेको रेग्मीले बताए। ९ सय २७ इलाकालाई आवश्यक पर्ने ९ अर्ब रुपैयाँ सरकारसँग रहेको र यसको व्याज ५ प्रतिशतभन्दा कम पर्ने अर्थमन्त्रालयका प्रमूख आर्थिक सल्लाहकार रेग्मीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.