|

अर्घाखाँची : थाहा सञ्चार समूहले अर्घाखाँचीको सिद्धारा गाविसमा भूकम्प, आगलागी, बाढीबाट पूर्ण प्रभावित परिवारलाई राहत वितरण गरेको छ। समूहले सो गाविसका पूर्ण प्रभावित १२ परिवारलाई राहत वितरण गरेको हो।

थाहा सञ्चार समूहले नेपाल चेतना केन्द्र अर्घाखाँचीमार्फत ती परिवारलाई राहत सहयोग वितरण गरेको हो। अरु प्रभावित परिवारलाई वितरण गर्न स्थानीय नेपाल चेतना केन्द्रलाई थाहा सञ्चार समूहले आवश्यक सामग्री उपलब्ध गराएको छ। समूहले कुल दुई लाख ५० हजार रुपैयाँ बराबरको राहत वितरण तथा हस्तान्तरण गरेको छ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता शोभाखर पराजुलीले एनजीओ/आइएनजीओहरु विकट गाउँमा पुग्न नसकेको बताउँदै थाहा सञ्चार समूह र नेपाल चेतना केन्द्रको सहयोगको प्रशंसा गरे। 

हेफर इन्टनेश्नल नेपालका कार्यक्रम निर्देशक डा. तीर्थराज रेग्मीले नेपाल चेतना केन्द्रले जिल्लामा गरेका सामाजिक कार्यहरुको प्रशंशा गरे। उनले नेपाल चेतना केन्द्रद्वारा संचालित बाख्रा विकास कार्यक्रमले सिद्धारा गाविसमा जनताको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेलेको बताए।

कार्यक्रममा थाहा सञ्चार समूहकी गोमा नेपालले प्राकृतिक प्रकोपको पीडामा परेकाहरुको सहयोगार्थ हात अघि बढाउन समूहले सानो प्रयास थालेको बताइन्। उनले महिलाले समूहमा आवद्ध भई आयआर्जन र वचतमा ध्यान दिनुपर्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.