|

सिमकोट : चिसो बढेसँगै हुम्लाका बालबालिकामा निमोनिया देखा परेको छ। मंसिर महिना लाग्न नपाउँदै  जिल्लाको तापक्रम माइनस ८ डिग्री सेन्टीग्रेटमा झरेका कारण बालबालिका तथा वृद्धवृद्धामा निमोनियालगायत समस्या देखिएको जिल्ला अस्पताल हुम्लाका डा. टसी लामाले बताए ।

जिल्ला अस्पतालमा दैनिक ३० देखि ५० निमोनियाका बिरामी अाउने गरेको उनले बताए। सातै वटा गाउँपालिकाका स्वाथ्यचौकीमा अहिले मौसमी रुघाखोकी, ज्वरो, निमोनिया, श्वासप्रश्वास, प्रेसर लगायतका बिरामीको संंख्या बढेको समेत जिल्ला अस्पतालका डा. लामाले जानकारी दिए।

'सदरमुकाम सिमकोटमै रहेको जिल्ला अस्पताल हुम्ला र सबै स्वाथ्यचौकीमा रुघाखोकी, ज्वरो, निमोनिया, श्वासप्रश्वास  लगायतका बिरामीको संख्या बढेको छ', डा. लामाले भने, 'आइतबार एकै दिनमा १०५ जना रुघाखोकी, ज्वरो, निमोनिया, श्वासप्रश्वासलगायतका बिरामी उपचार गर्न आए।'

पाँच वर्षमुनिका बालबालिकाको मृत्युको पहिलो कारक निमोनिया बनेको चिकित्सकहरू बताउँछन्। संक्रमित व्यक्तिहरूबाट बालबालिकाहरुलाई टाढा राख्नुपर्ने र बालबालिकाहरूलाई रुघाखोकी र ज्वरो आए तत्काल स्वास्थ्य संस्थामा  लैजान समेत स्वाथ्यकर्मीले आग्रह गरेका छन्। 

चिसोले बालबालबालिका देखि वृद्धवृद्धा र दमका रोगीहरूमा  धेरै असर गर्ने भएकाले न्याने कपडा लगाएर खानपानमा ध्यान दिन स्वास्थ्यकर्मीहरूको सुझाव छ।
 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.