|

काठमाडौं : आस्थाको महापर्व छठअन्तर्गत  आइतबार तेश्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी पूजाअर्चना गरेका छन्।

अर्घ सामग्रीमा ठकुवा, कसार, केरा, उखु्, मेवा, मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ। आजको दिनलाई मूल दिन पनि भनिन्छ। यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ। 

काठमाडौंमा बसोबास गर्ने तराईवासीले गौरीघाट, कमलपोखरी, गहनापोखरी वागमती, विष्णुमती लगायतका नदीका किनारमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्।  

हेर्नुस १२ फोटोमा गौरीघाटमा अस्ताउदो सुर्यलाई अर्घ दिदै गरिएको छठ पूजा । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.