|

विराटनगर : मोरङमा १० महिनाको अवधिमा ५६ वटा बलात्कार घटना भएको तथ्यांक सार्वजनिक भएको छ। जसमध्ये ४३ बालिका रहेका छन्।

इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयको तथ्यांकअनुसार यो वर्षको अक्टोबरसम्ममा ५६ जना बलात्कारको सिकार भएको उल्लेख छ। यस्तै, २७ जनामाथि बलात्कारको प्रयास भएको छ। जमा ११ बालिका छन्।

उक्त अवधिमा मोरङमा मात्रै ११ जनाको हत्या भएको छ। हत्या भएकामध्ये तीन पुरुष र छ महिला छन्। यस्तै, सात जनाको हत्या प्रयास भएको छ। कुटपिटबाट आठ जना घाइते भएका छन्।

तथ्यांकअनुसार घरेलु हिंसाबाट सात, बहुविवाहबाट १०, मानव बेचबिखनको घटनाबाट तीन, गोली प्रहारबाट एक नागरिक तथा राजनीतिक अधिकार हननका घटनाबाट ३० जना पीडित भएका छन्। बम विस्फोटका दुई वटा घटना भएका छन् भने दुई वटा अपहरणको घटनाबाट सात जान पीडित भएका छन्। मोरङमा एउटा बालविवाहको घटना पनि भएको इन्सेक प्रतिनिधि इन्दिरा भट्टराईले जानकारी दिइन्।

यस अवधिमा १३५ वटा घटनामा परी १७१ जना पीडित भएको इन्सेकका प्रदेश १ संयोजक सोमराज थापाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.