|

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लब मछिन्द्र फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ। विभागीय नेपाल पुलिसले गोलका केही राम्रा मौका चुकाउँदा मछिन्द्र पनि केही अवसरबाट वञ्‍चितत हुन पुगेको थियो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिस लगातार दोस्रो जितको खोजिमा रहेपनि मछिन्द्रले उसको इच्छा पूरा हुन दिएन। बल पोसेसनमा पकड कायम गरेको पुलिसको स्ट्राइक लाइनअपले ‘क्लिन’ फिनिसमा चुक्दा सम्‍भावित जितबाट विमुख भयो।

खेलको ३२ औ मिनेटमा पुलिसका अभिषेक रिजालको आकर्षक प्रहारलाई मछिन्द्रका गोलरक्षक दीप कार्कीले आकर्षक बचाउ गरे। खेलमा म्यान अफ दि म्याच मछिन्द्रका विकास राई चुनिए। बराबरीपछि पुलिस ४ अंक बनाउन सफल भएको छ। मछिन्द्र भने लिगमा दोस्रा बराबरीको सिकार भयो। पहिलो खेलमा मछिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.