काठमाडौं : सरकारले कनिष्ठ कर्मचारीको मातहतमा वरिष्ठ कर्मचारी व्यवस्थापन गर्न खोजेपछि शिक्षाका झन्डै एक सय उपसचिव नगरपालिकामा जान अस्वीकार गरेका छन। मन्त्रालयले आफूहरुलाई मनपरी र"पमा व्यवस्थापन गर्न खोजेको आरोप लगाउदै शिक्षाका उपसचिवहरु स्थानीय तहमा जान नचाहेका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चार दिनअघि १५५ उपसचिवलाई विभिन्न कार्यालय र नगरपालिकामा खटाएको थियो। तर तीमध्ये करिब १०० उपसचिवले हालसम्म पत्र बुझ्न नमानेको समाचार नेपाल समाचारपत्र दैनिकले छापेकाे छ। सरकारले २ सय ४५ नगरपालिकामा शिक्षाका उपसचिव खटाउने निर्णय गरेको थियो। अधिकृत स्तरका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत भएको स्थानीय तहमा उनीहरुले पुन: नजाने अडान दोहोर्याएका छन्।
निजामती कर्मचारीप्रति सरकारले गरेको असमान व्यवहार कुनै हालतमा मान्य नहुने उनीहरुको जिकिर रहेको छ। शिक्षा मन्त्रालयका उपसचिव ढुण्डी अर्यालले वरिष्ठ उपसचिवहरूमाथि गरेको व्यवहार मान्य नहुने भन्दै कनिष्ठ कर्मचारीको आदेश मान्न वरिष्ठ कर्मचारी बाध्य नहुने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।